27 C
Munich

शतकवीर सचिनको जन्मदिनमा लाखौं क्रिकेट प्रेमीले दिए शुभकामना

धेरै पढिएको

भारतका विश्व चर्चित क्रिकेटर मास्टर ब्लास्टर सचिन तेन्दुल्कर आज (बैशाख ११ गते) सोमबार ५० वर्षमा प्रवेश गरेका छन् ।

क्रिकेटका सर्वकालिन महान खेलाडी तेन्दुल्करले आफ्नो जन्म दिनको अर्धशतक बनाउँदा विश्वका दिग्गज खेलाडी तथा उनका लाखौं फ्यानहरुले तेन्दुल्करलाई जन्मदिनको शुभकामना दिएका छन्।

भारतमा तेन्दुल्करलाई क्रिकेटको भगवान मानिन्छ । उनले १६ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । सचिनले भारतीय राष्ट्रिय टोलीबाट २४ वर्ष निरन्तररुपमा क्रिकेट खेलेका थिए ।

तेन्दुल्करले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा ६६४ खेल खेल्दै क्रिकेटका तीनवटै स्वरुपमा ३४ हजार ३५७ रन बनाएका छन् ।

तेन्दुल्कर विश्वका एक मात्र त्यस्ता खेलाडी हुन्, जस्ले टेष्ट क्रिकेटमा ५१ र एकदिवसिय क्रिकेटमा ४९ शतक सहित १०० अन्तर्राष्ट्रिय शतक बनाएर कीर्तिमान कायम गरेका छन् ।

तेन्दुल्करले १६ मार्च २०१२ मा बंगलादेशबिरुद्धको खेलमा ढाका सतक प्रहार गर्दै १००औं अन्तर्राष्ट्रिय सतक पुरा गरेका थिए ।

तेन्दुल्करले २०० सय टेष्ट म्याच खेल्दै १५९२१ रन बनाउदै टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाएका छन् ।

त्यस्तै एकदिवसिय क्रिकेटमा पनि तेन्दुल्करले १५ हजारभन्दा बढी रन बनाएका छन् ।

त्यस्तै सचिन वान डे क्रिकेटमा १५४ विकेट समेत लिएका छन । तेन्दुल्करले सन २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर