काठमाडौँ / पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी अमर राईको निधन भएको छ ।राईको हङकङमा शनिबार कार दुर्घटनामा परि निधन भएको राष्ट्रिय तेक्वान्दो संघका सचिव राकेश कुमार राईले जानकारी गराएका हुन् ।
तेक्वान्दो खेलका पहिलो ब्याजका खेलाडी राई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व प्रशिक्षक पनि हुन् । राई तत्कालिन समयमा तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकको रुपमा परिचित थिए ।
राई कर्मथलोको रुपमा लामो समयदेखि हङकङमा बस्दै आएका थिए ।
