27 C
Munich

नेत्रहीन महिला क्रिकेटमा भारतीय माथि नेपालको विशाल जीत

धेरै पढिएको

काठमाण्डौं । विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा दोस्रो नेपाल-भारत द्विपक्षीय त्द्दण् नेत्रहीन महिला क्रिकेट शृंखला अन्तर्गत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको छ ।

टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ व्हृयीकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतका ५ खेलाडी रन आउट भएका थिए भने १ व्हृयीकेट विनित पुन र १ व्हृयीकेट निशा चौधरीले लिएका थिए ।

जवाफी व्यटिङ्गमा नेपालले २ व्हृयीकेट गुमाउदै ८ व्हृयीकेटको विशाल जित हासिल गरेको छ । नेपालको लागि प्लोयर अफ द सिरिज विनिता पुनले विश्फोटक व्यटिङ्गगर्दै ५७ वलमा नटआउट १११ रन प्रहार गरेकी थिइन् ।

उनको व्यटबाट १७ चौका सहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेका छन् ।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि।सीले १६ बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर