27 C
Munich

सन्दीपले रेकर्ड बनाएकोमा मनाइयो यसरी खुशियाली, काटे केक पनि ! [तस्विर सहित]

धेरै पढिएको

काठमाडौँ – शुक्रबार नेपालले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध सानदार जित निकाल्यो। नेपालले ओमानलाई ८४ रनले पराजित गर्दा नेपाली बालारा र ब्याट्सम्यान दुवै चम्किए।

ओमान विरुद्धको खेल नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेका लागि पनि विशेष रह्यो। सो खेलमा सन्दीपले एक नयाँ रेकर्ड नै बनाएका थिए। ओमान विरुद्ध सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दा रेकर्ड बनाएका हुन्।

सो विकेटसंगै लामिछाने ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका थिए। त्यसबेला सन्दीपले ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको कीर्तिमान तोड्न सफल भएका थिए।

सो रेकर्डसंगै सन्दीपलाई विश्वभरबाट बदाईको ओइरो लागिरहेको छ। यसैबीच १ सय विकेट पूरा गरेका लामिछानेलाई क्रिकेट एसोसियसन नेपालले बधाई दिएको छ भने सन्दीपले केक काटेका छन्। क्यानले सन्दीपलाई मायाँको चिनो पनि दिएको छ।

क्यानले सोक्रमका तस्विरहरु सामाजिक संजालमा सार्वजनिक गरेको छ। क्यानले सार्वजनिक गरेका तस्विरहरुमा क्यानका पधाधिकारीहरुका साथ-साथै राष्ट्रिय टोलिका खेलाडीहरु पनि देखिएका छन्।

“नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीले सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका छन् । सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई मायाको चिनो प्रदान गरेको थियो । उनले १ सय विकेट पूरा गर्न ४२ खेल खेलेका थिए, जुन एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि खेलाडी द्वारा सबैभन्दा छिटो हो।”,क्यानले सामाजिक संजालमा लेखेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर