27 C
Munich

सिंगापुरले अंक विहीन रहँदै नेपाल भ्रमणको अन्त्य गर्यो

धेरै पढिएको

काठमाण्डौं । सिंगापुरले लगातार चौंथो हारका साथ अंक विहिन रहँदै नेपालमा जारी एसीसी प्रिमियर कप २०२३ को यात्रा टुङ्ग्याएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा सिंगापुर कुवेतसँग ४ विकेटले पराजित भएको छ । ११४ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ्गमा उत्रिएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनाएर लक्ष्य भेट्टायो ।

कुवेतको जितका लागि अदनान इद्रीशले सर्वाधिक ३८ रन बनाउँदा मित भावसार २७ रन जोडेर अविजित रहे । यस्तै यासिन पटेलले अविजित रहँदै २१ रन बनाउँदा शीराज खानले १० रनमा आउट भए ।

बलिङ्गतर्फ सिंगापुरका लागि अक्षय पुरी र विनोद बसकरनले समान २-२ विकेट हात पारे । आदित्य भारगभ र थिलिपानी उमदुराईको नाममा १-१ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ्गमा उत्रिएको सिंगापुरले ३१.४ ओभरमा मात्र ११३ रन बनाएर अलआउट भएको थियो । सिंगापुरका लागि अर्मत्य कौलले ६० बलमा सर्वाधिक ४५ रन बनाउँदा मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए ।

यस्तै थिलिपन उमरदुराईले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रनमा अंक जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न बलिङ्गतर्फ कुवेतका कप्तान मोहम्मद अस्लामले ५ विकेट लिदा शिराज खानले ३ विकेट लिए ।

चौंथो हारसँगै प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको सिंगापुर समूहको अन्तिममा रहेर घर फर्कने पक्का भएको छ । यता सिंगापुरलाई हराएको कुवेतले भने अन्तिम चारमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्न सफल भएको छ ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको कुवेट समूहको तेश्रो स्थानमा उक्लिएको छ । यस समूहबाट शिर्ष स्थानको हङ्गकङ्गले अन्तिम चारमा आफ्नो स्थान पक्का गरिसकेको छ ।

१० राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । यस्तै समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङ्गकङ्ग र युएई रहेका छन् ।

बैशाख १८ गतेसम्म किर्तिपरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि दुई स्थानमा हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रतियोगितामा दुवै समूहको शीर्ष दुई टोलीले सेमिफइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ ।

फाइनलको विजेताले आगामी सेप्टेम्बरमा आयोजना एशिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । एशिया कप आगामी जुलाईमा हुनेछ । यसैगरी शीर्ष तीनमा रहने टोलीले एशिया ईमर्जिङ्ग कपका लागि आफ्नो स्थान पक्का गर्नेछ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर