27 C
Munich

नेपाल र साउदीको खेलमा वर्षा बाधकको सम्भावना

धेरै पढिएको

काठमाडौं । काठमाडौंमा जारी एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेयिबासँग खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ९ बजेदेखि मूलपानी मैदानमा सुरु हुने तालिका छ । यद्यपि आजको खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । काठमाडौंमा आइतबार रातिदेखि हल्का वर्षा भइरहेको छ ।

आज बिहान पनि सामान्य वर्षा भएको छ । बिहान ७ बजेसम्म काठमाडौंको आकाश खुलेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि वर्षाको सम्भावना छ । मौसमले साथ दिएमा नेपाल सोमबार साउदी अरेबियाविरुद्ध सहज जित निकाल्दै एक खेल अगावै सेमिफाइनलको यात्रा गर्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको नेपाल अहिले समूह ‘ए’ को शीर्ष स्थानमा छ । चौथो स्थानमा रहेको साउदीले २ खेलमा १ मा जित र १ खेलमा हारको सामना गरेको छ । ऊ पहिलो खेलमा कतारसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने उसले कतारलाई ७ विकेटले हराउँदै उत्कृष्ट कमब्याक गर्‍यो ।

जारी प्रतियोगिताको समूह समूह ‘ए’ मा नेपाल, ओमान, साउदी अरेबिया, मलेसिया र कतार तथा समूह ‘बी’ मा यूएई, सिंगापुरसहित हङकङ, कुवेत र बहराइन रहेका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । ​प्रिमियर कप च्याम्पियन टिमले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर